Thu. Apr 25th, 2024

सलमान खान र कैटरिना कैफ फेरी एक पटक संगै पर्दामा देखा पर्ने भएका छन् । यस अघि अन्तिम पटक यो जोडी एक था टाईगरमा सँगै देखा परेको थियो ।

एक भारतीय समाचारपत्रका अनुसार सलमान र कैटरिना साजिद नाडियाडवालाको निर्देशनमा बन्न लागेको चलचित्रको प्रमोश्नल म्युजिकमा संगै देखिन लागेका हुन् । कैटरिनाले सलमानको २०११ मा आएको चलचित्र बडिगार्डमा पनि प्रमोश्नल गीतमा अभिनय गरेकी थिईन् ।

उनीहरु आगामी चलचित्रमा पनि यस्तै प्रमोश्नल गीतमा मात्रै संगै देखिन थालेको भारतीय अखबारहरुमा चर्चा छ । तर उक्त चलचित्रमा कैटरिनालाई लैजाने बिषयमा सलमानको स्वीकृत लिन भने बाँकी छ ।

समाचारमा जनाईए अनुसार उक्त गीत आगामी इदमा रिलिज गर्ने गरी काम सुरु गर्न थालिएको छ ।

%d bloggers like this: