Tue. Apr 23rd, 2024

शिवानी शिवाजी राय एक इमान्दार पुलिस अफिसर हुन्, जो मुम्बई क्राईम ब्रान्चमा काम गर्छिन् । उनी न खतरादेखि डराउँछिन् न अप्ठेरोबाट भाग्छिन् । हरेक समस्याको समाधान कसरी खोज्ने भन्ने राम्रो ज्ञान छ शिवानीलाई । अपराधीहरुसंग संघर्ष गर्न माहिर छन् उनी । तर यस्तो निडर अफिसरलाई पनि कुनै कुनै समस्याले कहाँबाट कहाँ पुर्याउँछन् त्यो हामी सबैले कल्पना पनि गर्न गाह्रो छ ।
बालबालिका तस्करी गर्ने माफियाले एक किशोरीलाई अपहरण गर्छ र मुम्बैबाट बाहिर पठाउँछ । अफिसर शिवानी ती किशोरीलाई खोज्न थाल्छिन् । त्यो क्रममा अपराधीसंग उनको लडाई सुरु हुन्छ ।
यो रानी मुखर्जीको चलचित्र ‘मरदानी’को कथा हो । जसमा पहिलो पटक प्रहरी अधिकृतको रोलमा रानी देखिँदैछन् ।
चलचित्रका निर्माता उनका पति आदित्य चोपडा हुन् भने निर्देशक प्रदिप सरकार । चलत्रि २२ अगस्टमा रिलिज हुँदैछ । उक्त चलचित्र मरदानीको फष्टलुक बिहिबार सार्वजनिक भएको छ ।

%d bloggers like this: