Fri. Apr 19th, 2024

काठमाडौं, जेठ १४ । सूचना तथा सञ्चार मन्त्रालयले फिल्म सेन्सर बोर्डलाई फिल्म ‘१२ नेपाली एक चिहान’लाई सेन्सर नगर्न निर्देशनात्मक पत्र पठाएपछि उक्त फिल्मका निर्देशक तथा कलाकारले मन्त्रालयको कामप्रति दुःख व्यक्त गरेका छन् । उनीहरुले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले निर्देशकको सिर्जनालाई तुहाउन लागेको आरोप लगाए ।
फिल्मले २०६१ सालमा इराकमा आतंककारीको आक्रमणबाट मारिएका १२ नेपालीको कथालाई प्रस्तुत गरेको छ । फिल्मका निर्देशक अरुण प्रधानले आफुले परिवारको अनुमति लिएर फिल्म बनाएको बताए । उनले आफ्नो फिल्म सन्देशमूलक रहेको बताउँदै केही निहित स्वार्थका लागि मान्छेहरुले फिल्मको सेन्सरमा रोक लगाएको आरोप लगाए ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले सेन्सर बोर्डले फिल्मको मर्मलाई नबुझी र फिल्म नै नहेरी सेन्सर रोक्नु आपत्तिजनक कुरा रहेको बताए । फिल्मका कलाकार राजन खतिवडाले स्रष्टाको सिर्जनाको सही मूल्यांकन गर्न नदिनु मन्त्रालयको ठूलो कमजोरी भएको बताए ।
 

%d bloggers like this: