Fri. Mar 29th, 2024

काठमाडौं, जेठ १४ आगामी शुक्रबारबाट फिल्म ‘जोडी नम्बर १’ अल नेपाल रिलिज हुने भएको छ । फिल्मबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माता विष्णु सुब्बाले निर्माणको चार वर्षपछि फिल्म प्रदर्शनमा आउन लागेको जानकारी दिए । उनले फिल्मको नाम ‘अग्नीसाक्षी’ तोकिए पनि कथाको कारण जोडी नम्बर १ नै राखिएको खुलाए ।
कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल र नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीलगायतले फिल्मको सफलताको कामना गरेका थिए । विष्णु फिल्मस् प्रा.लि.को व्यानरमा निर्मित फिल्मका निर्देशक उदय सुब्बा हुन् । फिल्ममा दिलिप रायमाझी, निखिल उप्रेती, झरना थापा, अरुणिमा लम्साल, किरण केसी, विल्सनविक्रम राई, सुनिल थापा, निर शाह, अशोक शर्मा र रामचन्द्र अधिकारीको अभिनय रहेको छ । विष्णुबाहेक किरण कार्की र प्रशान्त खड्काले पनि फिल्ममा लगानी गरेका छन् ।
कमेडी युवाको आर्थिक अवस्थाको चित्रण गरिएको फिल्ममा सुरज सुब्बा नाल्बोको कथा, जनकको द्वन्द्व, डा. कृष्णहरि बराल, दयाराम पाण्डेको गीत, महेश खड्काको संगीत, दिनेश पाख्रिनको नृत्य र महेन्द्र थापाको छायांकन रहेको छ । कार्यक्रममा कलाकार तथा निर्देशक उपस्थित थिएनन् ।

%d bloggers like this: