Fri. Apr 26th, 2024

काठमाडौं, जेठ १४ । ब्लकब्लष्टर फिल्म ‘होस्टेल’बाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका प्रकृति श्रेष्ठले फिल्म ‘आभाष’मा नायिकाको रुपमा अभिनय गर्ने भएकी छन् । फिल्म सम्पादक सुरेन्द्र पौडेलको डेब्यु निर्देशन रहने यो फिल्ममा गोविन्द शाही र दीपक शाहीको लगानी रहेको छ ।
हनी बनी भिडियोबाट चर्चामा आएकी प्रकृतिले राजधानीमा भएका विभिन्न फेसन शोमा सक्रिय सहभागिता जनाउँदै आएकी छन् । ग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रा.लि.को संयुक्त व्यानरमा निर्माण हुन लागेको फिल्ममा सलोन बस्नेत, संयम पुरी र आश्मा दाहाललगायतका कलाकारको अभिनय रहेको छ ।

%d bloggers like this: