Fri. Mar 29th, 2024

सुपरहिट चलचित्र सायदमा जमेको सुनिल रावल र संयम पुरीको जोडी आभाष चलचित्रमा पनि देखिने भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र आभाषमा सुनिल रावल, संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी लगायतका कलाकारको अभिनय रहने निर्माता गोविन्द शाहीले बताए ।

रावल र पुरीको अभिनय रहेको चलचित्र सायदले निकै राम्रो व्यापार गर्न सफल भएको थियो । निर्माता शाहीले भने ‘मैले कलाकारमा कुनै कप्रमाईज गरेको छैन, राम्रा–राम्रा कलाकार आभाषमा भित्र्याएको छु ।’ उनले थपे ‘राम्रा कलाकारले पनि चलचित्रमा धेरै प्रभाव पार्छ । कथा, संगीत जस्तै अभिनय पनि चलचित्र राम्रो बनाउनका लागि अत्यावश्यक कुरा भएकाले राम्रा कलाकार हाम्रो मूभिमा खेल्ने छन् ।’

काठमाडौं लगायत देशका मुख्य पर्यटकीय क्षेत्रमा छायांकन हुने चलचित्र मौसममा सुधार आएपछि छायांकन सुरु हुने निर्माता शाहीले बताए ।

%d bloggers like this: