Thu. Mar 28th, 2024

 
 
काठमाडौं, जेठ १३/शुभ फिल्मस् प्रालिको व्यानरमा निर्मित फिल्म ‘स्टुपिड मन’को फष्टलुक, शीर्ष फोटो गीत र ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, फिल्मका नायक जीवन लुइँटेल, प्रस्तुतकर्ता तथा नायक निरज बराललगायतले फष्टलुक सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा अभिनेता लुँइटेलले आफु स्टुपिड हुन पाउँदा खुशी व्यक्त गरे । फिल्ममा देखिने भर्जिन लोकेशन, सुमधुर संगीत, निर्माताको लगानी र निर्देशकको कामले गर्दा फिल्मले राम्रो व्यापार गर्ने उनको दाबी थियो ।
 
त्यस्तै प्रस्तुतकर्ता तथा नायक निरज बरालले आफुहरुले राम्रो र स्तरीय उत्पादन निकालेको जनाए । निर्देशक दिवाकर भट्टराईले फिल्ममा नयाँ क्यानभास प्रयोग गरिएको कारण पनि अन्य फिल्म भन्व्दा स्टुपिड मन फरक रहेको धारणा राखे ।
थाइल्याण्डको आप्रवासमा रहेका नेपालीको अवस्थालाई समेटिएको फिल्ममा चाँदनी शर्मा, रिजु श्रेष्ठ र मार्टिन खानको समेत अभिनय रहेको छ । आगामी भदौ २० बाट रिलिज हुने फिल्ममा सामिप्यराज तिमल्सेनाको पटकथा, अर्जुन पोखरेल र करुणराज कार्कीको संगीत, अञ्जु पन्त, स्वरुपराज आचार्य, सनुप पौडेल, दुर्गा खरेल, करणराज कार्की र राज सिग्देलको स्वर, दयाराम पाण्डे, अर्जुन पोखरेल, दिवाकर भट्टराई र करणराज कार्कीको शब्द, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र सञ्जय लामाको छायांकन रहेको छ ।
 
stupid

%d bloggers like this: