Fri. Apr 26th, 2024

थुप्रै फिल्म अवार्डका बिचमा अब अर्को एउटा अवार्ड पनि थपिएको छ । चलचित्र समीक्षक समाजले फिल्मका मुख्य सात विद्यामा अवार्ड प्रदान गर्ने भएको छ । गत सोमबार बसेको समाजको कार्यसमिति बैठकले बर्ष ७० मा रिलिज भएका फिल्महरुबाट सर्ट लिष्ट तयार गरी सात विद्यामा अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । निर्णय अनुसार फिल्म, निर्देशक, पटकथा, अभिनेता, अभिनेत्री, छायाकंन र सम्पादन गरी सात विद्यामा अवार्ड प्रदान गरिनेछ ।
समीक्षक समाजका सबै सदस्य जुरी रहने गरी आयोजना हुने अवार्डमा अनुप सुवेदी जुरी संयोजक हुने छन । मूल्यांकनका मापदण्डहरु पनि सुवेदीले आफैले तयार गर्ने समाजले जनाएको छ । समाजका महासचिव दीपेन्द्र लामाको संयोजनमा, पुनम महर्जन र विष्णु शर्मा सदस्य रहेको छनोट समितिले अवार्डका लागि सर्ट लिष्ट तयार गर्ने बताईएको छ । अवार्ड नामिनेसन आगामी असार १ गते सार्वजनिक गर्ने र त्यसको केही दिन पश्चात एक भब्य कार्यक्रम गरी अवार्ड प्रदान गरिने जनाईएको छ ।
समिक्षक यज्ञश पण्डितको नेतृत्वमा रहेको समीक्षक समाजले गर्न लागेको यो पहिलो संस्करणको अवार्डलाई आगामी वर्षहरुमा थप विधा राखी निरन्तरता दिने समाजको योजना रहेको पनि बताइयो ।

%d bloggers like this: