Thu. Apr 25th, 2024

जय हनुमान क्रियशनको व्यानरमा निर्माण भएको फिल्म ‘ १२ नेपाली एक चिहान ‘लाई सेन्सरले रोक लगाएको छ । वि स २०६१ भाद्र पन्ध्र गते १२ जना नेपालीलाई एक साथ ईराकमा हत्या गरेको सम्बन्धमा निर्माण गरिएको विषयलाई लिएर निर्माण गरिएको १२ नेपाली एक चिहानमा १२ नेपालीको हत्याको कारण पनि देखाउन खोजिएको छ ।
निर्माता तथा निर्देशक अरुण प्रधानका अनुसार फिल्मको छायांकन अगावै स्किृप्ट अध्यान समितिले कथाको निकै तारिफ गर्दै छायांकनको अनुमति दिएको भए पनि फिल्म सेन्सरमा रोकेको बताए । फिल्म निर्माणको लागि करिब चार बर्ष को अध्यान गरि पर्त्येक १२ मृतकको घर घर गाई अनुमति लिई कथा बनाई निर्माण गरिएको पनि निर्माण पक्षले जनाएको छ ।
हड.हकमा समेत बिशेस सो गरिसकिएको यो फिल्मलाई त्यहाका दर्शकले निकै मन पराएको पनि बुझिएको छ । आखिर संचार मन्त्रालयको ठाडो आदेशमा ‘१२ नेपाली एक चिहान’को सेन्सरले किन रोक्यो भन्ने कुरा खुल्न सकेको छैन।

%d bloggers like this: