Fri. Apr 26th, 2024

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथमा बलिउड हस्तीहरु पनि सहभागी भएका छन् । बलिउड हस्तीहरुमध्य नायक सलमान खान सबैको आकर्षणको केन्द्रबिन्दु बनेका छन् ।

केहि समय अघि मोदी प्रधानमन्त्री भए आँफुले भारत छोड्ने प्रतिक्रिया दिएको आरोप लागेका सलमान नै मोदीको सपथमा पाहुना बने । मोदी प्रधानमन्त्री बने आँफुले भारत छोड्ने प्रतिक्रियालाई भने सलमानले आँफुले नदिएको भन्दै त्यसको खारेज गरिसेका थिए ।

अर्का बलिउड स्टार शाहरुख खानलाई पनि यस्तै आरोप लागेको थियो । शाहरुखले पनि उक्त आरोपको खण्डन गरिसकेका थिए ।
मोदीको सपथमा अनुपम खेर, अमिताभ बच्चन लगायत उपस्थित रहेका थिए ।

त्यस्तै सपथ समारोहमा निमन्त्रण गरिएकी गायिका लता मंगेशकर भने स्वास्थ्यको कारण देखाउँदै सहभागि भईनन् ।

%d bloggers like this: