Thu. Apr 25th, 2024

चलचित्रको रिलिजको दिन नजिकिँदै गर्दा ‘हँसिया’ले अनौठो प्रचार शैली निकालेको छ । मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र हँसियाले प्रचारका लागि सडकलाई प्रयोग गरेको छ ।

गाडीमा चलचित्रको व्यानरसहित ट्रेलर बजाएर हँसियाले नौलौ शैली सुरु गरेको छ । पछिल्लो समय राम्रा चलचित्रहरु बनिरहेका बेला प्रतिष्पर्धा पनि राम्रै रहेकाले यस्तो शैलीबाट दर्शक तान्न लागेको हँसियाको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा नायक राजेश हमाल मुख्य भूमिकामा देखा पर्नेछन् भने नायिका हेमाको स्टन्ट एक्सन रहेको छ । आगामी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा सामाजिक कथाबस्तु समेटिएको निर्माण पक्षले जनाएको छ ।

%d bloggers like this: