Thu. Apr 25th, 2024

पोर्न फिल्मको दुनियाबाट बलिउड छिरेकी क्यानेडियन नायिका सन्नी लियानी एक पटक पुनः नयाँ अवतारमा देखा पर्ने भएकी छन् । नयाँ आउन लागेको तेलुगू फिल्म करंट थीगामा मा सन्नीलाई नयाँ अवतारमा देख्न पाईने भएको हो ।

नागेश्वर रेड्डीको फिल्ममा उनी परम्परागत सामान्य पहिलाको अवतारमा देखा पर्ने छिन् । रेड्डीले सन्नीलाई उनको लोकप्रियताको कारण नभई एक अतिथी रोलका रुपमा मात्रै चलचित्रमा भित्र्याउन लागिएको बताए ।

रेड्डीले सन्नीलाई चलचित्रमा आईटम नम्बरका रुपमा भूमिका दिने जानकारी दिए । रेड्डले सन्नी चलचित्रमार्फत नयाँ अवतारमा उदाउन लागेको र त्यसलाई दर्शकले निकै मन पराउने विश्वास लिएका छन् ।

सन्नी चलचित्रमा मन्चू मनोजका साथमा देखिने छिन् । चलचित्रको निर्माण भने मन्चू विष्णुले गरेका छन् ।

%d bloggers like this: