Fri. Apr 26th, 2024

बक्स अफिस फिल्म अवार्डमा ‘रिदम’ ले उत्कृष्ट फिल्मले अवार्ड हात पारेको छ । ‘रिदम’ बाटै विकास आचार्यले उत्कृष्ट निर्देशक अनि जिवन लुइँटेल उत्कृष्ट नायक को अवार्ड पाउन सफल भए । नायिक रेखा थापाले पव्लिक च्वाइस सहित ‘काली’ फिल्मबाट उत्कृष्ट नायिकाको अवार्ड उचालिन् ।

‘मोक्ष’ फिल्मका प्रवीन श्रेष्ठले नव निर्देशक अवार्ड पाए । ‘विन्दास २’ को ‘सुन्छु तिमीले मलाई’ बोलको गीतबाट शिव परियार र ‘रिदम’ फिल्मको ‘पागल म बन्न सक्छु’ गीतबाट रजीना रिमाल उत्कृष्ट गायक गायिकको अवार्ड पाए । ‘काली’को ‘स्लोली स्लोली’ गीतबाट बसन्त सापकोटा उत्कृष्ट संगीतकार बने भने दयाराम पाण्डे ‘मेरो जीवन साथी’को ‘तिमीसँग रिसाएर’ गीतबाट उत्कृष्ट गीतकार बने ।

‘लभ फरेभरबाट शंकर आचार्य उत्कृष्ट खलनायक भए । नव नायक, नव नायिका र सह अभिनेता तर्फ ‘होस्टेल’ का कलाकार अनमोल के।सी, प्रकृति श्रेष्ठ र सलोन बस्नेतले क्रमश अवार्ड पाए । फ़िल्म ‘होस्टेल’ निर्माता सुनिल रावलले पव्लिक च्वाइस तर्फको पनि अवार्ड पाए । ‘काली’ फिल्मको ‘स्लोली स्लोली’ गीतबाट कविराज गहतराज उत्कृष्ट नृत्य निर्देशकको हकदार बने भने ‘काली’ बाटै रोशन श्रेष्ठ उत्कृष्ट द्धन्द्ध निर्देशक भए ।
‘झेली’ फिल्मबाट गीत अधिकारीले उत्कृष्ट चरित्र अभिनेत्रीको अवार्ड पाइन् । ‘छ एकान छ’ फिल्मबाट दिपकराज गिरीले उत्कृष्ट संवादको अवार्ड उचाल्दा पटकथाको अवार्ड ‘रिदम’ फिल्मबाट विकास आचार्यले लिए ।

अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘किन किन’ बाट सह अभिनेत्री र राजेश हमालले ‘मेरो राजेश दाई’ फिल्मबाट चरित्र अभिनेताको अवार्ड पाए । राजेश भने कार्यक्रममा उपस्थित थिएनन् ।उत्कृष्ट कथातर्फ ‘नोटवुक’ फिल्मबाट योगेश घिमिरेले उत्कृष्ट अवार्ड पाए । ‘धन्दा’ फिल्मबाट उत्तम न्यौपानले ध्वनीतर्फको अवार्ड पाए भने फिल्म ‘छ एकान छ’ बाट उत्तम बनेपालीले उत्कृष्ट पोशाक (ड्रेस) को अवार्ड लिए । ‘छ एकान छ’ बाटै छायाँकार पुरुषोत्तम प्रधान र एशिल कार्कीले पाश्व संगीततर्फ उत्कृष्टको अवार्ड उचाले । सम्पादनतर्फ ‘काली’ फिल्मबाट वनिश शाह उत्कष्ट मानिए ।

त्यस्तै फिल्म ‘छ एकान छ’ बाट केदार घिमिरे उत्कृष्ट हास्य कलाकार ठहरिए । अनुभव रेग्मी बाल कलाकारतर्फ फिल्म ‘रिदम’ बाट उत्कृष्ट भए । स्व।गोपाल भूटानीलाई फिल्म ‘शिरिषको फूल’ बाट उत्कृष्ट कला निर्देशकको अवार्ड दिइयो । फिल्म ‘धन्दा’ बाट निमा लामा उत्कृष्ट मेकअप आर्टिस्ट ठहरिए । ‘छ एकान छ’ का निर्देशक दिनेश डि।सी र गायक राजेश पायल राईले पव्लिक च्वइसको अवार्ड उचाले ।

बरिस्ट निर्देशक तुलसी घिमिरेलाई लाइफ टाइम अचिभ्मेन्टको अवार्ड सहिर बिशेष सम्मान दिइयो भने अभिनेता भुवन के।सीलाई नेपाली फिल्म क्षेत्रको माइलस्टोन ९कोसेढुङ्गा० अभिनेताको रुपमा सम्मान गरियो । राष्ट्रकवी माधव प्रसाद घिमिरे, माइती नेपालका अध्यक्ष ‘सिएनएन हिरो’ अनुराधा कोइलारा र महानगरीय प्रहरी प्रमुख रमेश खरेल प्रमुख अतिथि रहेको बक्स अफिस फिल्म अवार्डमा एक सय बढी फिल्मकर्मीदेखि हल सञ्चालक, वितरक, प्रदर्शक, प्रोडक्सन म्यानेजसम्मलाई सम्मान गरिएको थियो ।

हेर्दा लग्थो यो घरेलु अवार्ड हो जस जसलाई पनि अवार्ड दिए हुने। फिल्म जो मनोनयनमा पारेको छ र जसले अवार्ड पाएनन् एउटा कदर पत्र मात्र भएनी घर लान पाए खाली हात कसैले फर्किन परेन ।

हासो लाग्ने कुरा के भने यस वर्ष सम्मान पाउन र अवार्ड नपाएका फिल्मलाई समेत् आगामी बर्सका लागि भनि हौसला भन्दै सम्मान पत्र दिइयो। अवार्ड पुरै अब्यबस्थित थियो ४ बजे सुरु हुने भनिए पनि झन्डै साढे ५ बजे मात्र सुरु भएको अवार्ड पूर्व तयारी बिना गरिएको प्रस्ट हुन्थो , एक कलाकार फिल्म को अवार्ड अर्कोक हातमा थमाउने अनि स्टेजमै साट्ने पनि देखियो। संसारमै कतै नदीने धेरैन यस्ता विधामा समेत अवार्ड बाडियो आज सम्मान र कदर पत्रको त् नगन्य मात्रामा वितरण भयो । झुर फिल्मलाई पनि अवार्ड दिने भनिए ता पनि दिइएन।

%d bloggers like this: