Fri. Apr 26th, 2024
काठमाडौं, जेठ २ । राष्ट्रियताको कथा बोकेको फिल्म ‘रेञ्जर–वास्तविक योद्धा’को राजधानीमा शुक्रबार मुहुर्त गरिएको छ । स्मारिका फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको फिल्ममा सीता सिम्खडा निर्माताको रुपमा रहेकी छन् भने अच्युतराज अर्याल कार्यकारी निर्माता छन् ।
सरोज पौडेलले निर्देशन गर्न लागेको फिल्मको मुहुर्तमा भारतीय राजदुतावासका अभय कुमार, काँग्रेस नेता खुमबहादुर खड्का, नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष प्रदीप पौडेल, नेपाल चलचित्र प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो । फिल्ममा सुशिल पोखरेल, नन्दिता केसी, पुष्कर भट्ट, शुरबीर पण्डित, दिनेशजंग खड्का, सौजन्य सुब्बा, बिमला गिरी, जेनी कुँवर, अच्युतराज अर्याल, भाष्कर बानिया, सुरज सिंह, भावना गुरुङ र निरज भण्डारीको अभिनय रहनेछ । सुशिल पोखरेलको लेखन, रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन, रामजी लामिछानेको नृत्य एवं पाश्र्व संगीत, विकास चौधरीको संगीत रहेको फिल्ममा रामशरण उप्रेतीको छायांकन रहनेछ ।
निर्देशक पौडेलका अनुसार फिल्म चितवन र काठमाडौंमा छायांकन हुने फिल्मको सुटिङ जेठ ५ गतेबाट शुरु हुनेछ ।
%d bloggers like this: