Tue. Apr 16th, 2024
काठमाडौं, जेठ २ । निर्माता छविराज ओझाको नयाँ हिरोइन शिल्पा पोखरलेको पहिलो फिल्म लज्जाको फष्टलुक पोष्टर सार्वजनिक भएको  छ ।
कात्तिक ७ गते देखि देशब्यापी रिलिज हुने यस फिल्ममा आर्यन सिग्देल र शिल्पा मुख्य भूमिकामा छन् । छोटो समयमा नेपाली प्रोड्यूसरहरुको रोजाईमा पर्न सफल निर्देशक नवल नेपालद्धारा निर्देशित यस फिल्म पूर्ण रुपमा  लेडिज स्टोरीमा केन्दित रहेको निर्माण पछको भनाई छ ।
अघिल्लो पटक लोफर निर्माणमा घाटा खाएका निर्माता छवि ओझाले २५ बर्षको फिल्मी करिअरमा निर्माण गरेको  १५ फिल्म मध्ये दुई फिल्मबाट मात्र असफलता हात पारेका छन् ।
२०४७ सालमा राजेश  हमालको पहिलो फिल्म युग देखि युग सम्मबाट फिल्म निर्माणमा हात हालेका छविले क्रमश नाता, जन्मभूमी, हिरो, कस्तो साईनो, यस्तै रहेछ जिन्दगी, अजम्बरी नाता, हिम्मत,  किस्मत , हिफाजत , कसले चर्यो मेरो मन, अन्दाज, रावण,  हमेशा र लोफर निर्माण गरेका छन्   । जस मध्ये लोफर र यस्तै रहेछ जीन्दगीले उनलाई ३०– ३० लाख गरी ६० लाखको धक्का  दिएको छ ।
रेखा फिल्मसको स्वामित्व रेखा थापालाई दिएपछि छविराज प्रोडक्सनबाट लोफर पछि   बनेको लज्जा दोश्रो फिल्म हो ।
%d bloggers like this: