Thu. Mar 28th, 2024

‘सस्पेन्स मूभि’का रुपमा रहेको चलचित्र ‘आवरण’ शुक्रबार देखि देशव्यापी प्रदर्शनमा आएको छ । प्रदर्शन अघि नै चर्चामा रहेको चलचित्र आवरण उत्साहजनकरुपमा हलमा प्रदर्शन भैरहेको काठमाडौं उपत्यकाका बिभिन्न चलचित्र हलहरुले जनाएका छन् ।

यस अघि नाई नभन्नु ल–२ मा चर्चाको शिखरमा रहेका कलाकारहरुकै बाहुल्यता रहेको चलचित्र आवरणको निर्देशन नयाँ पुस्ताका निर्देशक सुवास कोइरालाले गरेका छन् ।

पाँच जना निर्माताहरुको सामूहिक निर्माण रहेको आवरणको लेखन अनिल योञ्जनले गरेका हुन् भने प्रियंका कार्की, नायक दिव्य देव, राजन निशान्त, नरेश पौडेल, रश्मी भट्ट, अनुभव रेग्मी, सुशीलराज पाण्डे लगायतका कलाकारको अभिनय छ ।

यसैगरी चलचित्र ‘ठूलो मान्छे’ पनि शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको छ । प्रशान्त तामाङको निर्देशन रहेको ठूलो मान्छेको प्रमोद सुब्बाले निर्माण गरेका हुन् । चलचित्र ठूलो मान्छेमा केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

%d bloggers like this: