Fri. Apr 26th, 2024
काठमाडौं, जेठ १ । सगंीतको कथा बोकेको फिल्म ‘सत्यदिप’ को छायांकनको अन्तिम चरणमा पुगेको छ । एक दशकदेखि फिल्ममा सहायक निर्देशकको रुपमा काम गर्दै आएका निर्देशक पुष्कर घिमिरेको डेब्यु निर्देशनमा बन्न लागेको फिल्मको काम केही प्रतिशत मात्र बाँकी रहेको छ । दुई गीतको सुटिङ बाँकी रहेको फिल्ममा छ वटा गीत समाबेश गरिएको छ । गीतमा अर्जुन पोखरेलको संगीत छ ।
गीतमा गीत सुगम पोखरेल, स्वरुपराज आचार्य, अञ्जु पन्त, सुमन सिङदा तामाङ लगायतको स्वर रहेको छ । एस.बि.आर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता बिनयराम श्रेष्ठ हुन् । फिल्ममा रवि गिरी, उमा बेबी, दिव्येश्वर गौतम, सविना केसी, श्याम केसीलगायतका कलाकारको अभिनय रहने छ । फिल्ममा कमल राईको नृत्य, अष्ट महर्जनको द्वन्द्व र शम्भु सापकोटाको छायांकन रहेको छ । फिल्म तिहारको अवसर पारेर रिलिज हुनेछ ।
%d bloggers like this: