Fri. Mar 29th, 2024
काठमाडौं, जेठ १ । नेपाली फिल्म निर्माता दिवस बाबु पुरीले ‘बिन फेरे फ्रि मे तेरे’ नामक हिन्दी फिल्मको निर्माण गरेका छन् । कमेडी, लभ र एक्सनको मिश्रण रहेको फिल्म आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । मनोज शर्माको निर्देशनमा बनेको फिल्ममा अर्श देवल, अश्रीता अग्रवाल, मनोज जोशी, यसपाल शर्मा, मनोज पाह्वा, हिमानी शिवपुरी, गोविन्द नामदेओ, मुकेश तिवारी, शरत सक्सेना, अतुल पार्चर, रज्जाक खान र मुस्ताक खानलगायतका कलाकारले अभिनय गरेका छन् । मनोजकै लेखन रहेको फिल्म शुक्रबारबाट नेपालमा प्रदर्शन हुँदैछ भने केही समयपछि भारतमा प्रदर्शन हुने फिल्मका वितरक करण श्रेष्ठ ‘क्रेजी’ले जानकारी दिए ।
%d bloggers like this: