Fri. Apr 26th, 2024
काठमाडौं, वैशाख २९ । चर्चित युवा फिल्म निर्देशक सुदर्शन थापा र नवनायिका पुजा शर्मा हालै काठमाडौंको धर्मस्थली गाविसको गहुँबारीमा नृत्यरत अवस्थामा भेटिए । फिल्म क्षेत्रमा रियल रोमान्सको हल्ला चलिरहँदा यो जोडी गहुँबारी भित्र गर्मीको पर्वाह नगरी रोमान्समा डुबेको देख्दा जोकोहीले पनि उनीहरुको अंकुराई रहेको प्रेमलाई प्रष्ट बुझेका थिए । तर उनीहरुको रोमान्समा बेला बेलामा अर्का निर्देशक आलोक नेम्बाङ पसेर नाँच्न सिकाउँदा चाहिँ त्यो दृश्य फिल्मको सुटिङको थियो भन्ने सबैले अनुमान लगाए । त्यो अनुमान सहि पनि थियो ।
1
सुदर्शन थापा प्रोडक्सनको व्यानरमा सुदर्शन र कष्ट्युम डिजाइनर पुनम गौतमले संयुक्त रुपमा निर्माण गरिरहेको ‘अझै पनि’ नामक फिल्मका लागि पुजा र सुदर्शन रोमान्स गरिरहेका थिए । फिल्मको सुटिङ १५ दिनदेखि चलिरहेको छ ।
‘सानो संसार’ र ‘कोही मेरो’ का निर्देशक नेम्बाङले निर्देशन गरिरहेको फिल्म विशुद्ध नेपाली सामाजिक परिवेशमा निर्माण भईरहेको बताइएको छ । फिल्ममा सुदर्शन र पुजाबाहेक पुष्प खड्का, विशाल ढुंगाना, पुजा शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल र विपना धिमालको अभिनय रहेको छ । यसबाहेक फिल्ममा अभिनेता बिजय लामा, मिथिला शर्मा र रामशरण पाठकलाई पनि देख्न सकिन्छ । अष्ट महर्जनको द्वन्द्व रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन रहेको छ ।
फोटो फिचर:
2
3 4 5 6 7 8 9
10
%d bloggers like this: