Fri. Apr 19th, 2024
बलिउडका ब्याड ब्वाई सलमान खानको हिट एण्ड रन मुद्धाले उनी समस्यामा पर्दै गएका छन् । सलमान अहिले सन् २००२ को सेप्टेम्बरमा मुम्बईको बान्द्रास्थित हिल रोडमा फुटपाथमा पाँच व्यक्तिमाथि गाडी चढाएको आरोपको मुद्धा खेपिरहेका छन् । उक्त दुर्घटनामा एकको निधन भएको थियो भने चार जना गम्भीर घाइते भएका थिए । यसैकारण पनि यो मुद्धालाई हिट एण्ड रन घटना भनिएको हो ।
सलमानको यो मुद्धा अहिले बलिउडका निर्मातालाई टाउको दुखाईको विषय बनेको छ । करोडौं रुपैंयाँको लगानीमा निर्माण हुन लागेको फिल्ममा सलमानलाई अनुबन्ध गराईरहेका निर्माताहरु अहिले अदालतको सकारात्मक फैसलाको पक्षमा छन् । अहिले सलमानको लागि विभिन्न फिल्म लाइन लागेका छन् ।
निर्देशक अनिश बज्मीको फिल्म नो इन्ट्री में इन्ट्री होस् या सूरज बडजात्याको प्रेम रचन धन पायो होस् सबै फिल्म सलमानकै प्रतिक्षामा छन् । सलमानको साथ मिलेर बनाएको फिल्म ‘एक था टाइगर’का निर्देशक कबीर खान यो फिल्मको सिक्वेल बनाउने सुरमा छन् । जसको निर्माण सलमान आफैले गर्दैछन् ।
सलमानको यो वर्ष आउने फिल्म साजिद नाडियाडवालाको ‘किक’ हो । जुन फिल्म इदको अवसरमा रिलिज हुँदैछ । बताइए अनुसार यी सलमान यो मुद्धामा जेल गए पनि बलिउडका फिल्म निर्मातालाई करिब ५ सय करोड रुपैंयाँ घाटा लाग्नेछ । सलमानसँग अभिनयसँग सम्बन्धित ३५० करोड रुपैंयाँको उत्पादन छ । यसबाहेक उनीसँग करिब ५० करोडको विज्ञापन पनि रहेको छ ।
%d bloggers like this: