Fri. Apr 26th, 2024
बलिउडका लोकप्रिय पाश्र्व गायक अंकित तिवारी विवाहको बहाना बनाएर आफ्नो महिला मित्रलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । चर्चित फिल्म आशिकी २ को ‘सुन रहा है ना तू’ गीतबाट चर्चामा आएका २४ वर्षे तिवारीलाई वर्सोवा पुलिसले पक्राउ गरेको हो ।
समाचार अनुसार गायकको प्रेमिका भनिएकी महिलाले गायकले आफुलाई अक्टोबर २०१२ देखि डिसम्बर २०१३ सम्म विवाहको आश्वासन दिएर यौन उत्पीडन गरेको आरोपसहितको निवेदन प्रहरीमा दिएकी थिईन् । ती महिलाका अनुसार गायक तिवारीलाई विवाहको बहानामा उनलाई पटक पटक बलात्कार गरेका थिए । गायकले आफ्नो वचन पुरा गर्न नसकेपछि ती महिला पुलिसको सहारा माग्न पुगेकी थिईन् ।
अंकितका विरुट आईपीसीको धारा २७६, धारा २९३ र ५०६–२ अनुसार मुद्धा चलाईएको छ । अंकितका वकिल नागेश मिश्राले गायकलाई लगाईएको आरोप मनगढन्ते भएको र गायकको सम्पत्ति पाउन महिलाले निवेदन दिएको दाबी गरेका छन् । मिश्राले पीडित महिला यति लामो समयसम्म चुप रहनु र अंकितले सफलता पाउना साथ प्रहरी समक्ष जानु आफैमा शंकाको विषय भएको बताए ।
%d bloggers like this: