Sat. Oct 26th, 2024
काठमाडौं, वैशाख २५ । सूचना तथा सञ्चार मन्त्रालयले फिल्म सेन्सर बोर्डको रिक्त तीन पदमा बुधबार फिल्मकर्मीलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले सेन्सर बोर्डमा फिल्म निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेल, नायिका मेलिना मानन्धर र नेपाली काँग्रेस निकट विमल संग्रौलालाई नियुक्त गरेको हुन् ।
त्यस्तै चलचित्र विकास बोर्डको रिक्त दुई सदस्य पदमा नायिका रुपा राना र निर्माता राजेन्द्र केसीलाई नियुक्त गरेको छ । उनीहरु सबै काँग्रेस निकट फिल्मकर्मी हुन् । नियुक्त भएका सदस्यहरुले बिहीबार नियुक्त पत्र लिँदै काम शुरु गरेका छन् ।