Thu. Apr 25th, 2024
काठमाडौं वैशाख २५ । नेपाल चलचित्र निर्देशक समाजमा पूर्व सल्लाहकारद्वय नरेश पौडेल र केपी पाठकले यथाशिघ्र विशेष साधारण सभा बोलाउन माग गरेका छन् । उनीहरुले सामूहिक अपिलमार्फत गर्दै निर्देशकहरुको पेशागत मर्यादा, हक अधिकारका लागि संस्थागत फाइदालाई केन्द्रमा राख्नुको साटो संस्थालाई अकर्मण्यतातर्फ लैजादै फूटको वातावरण सिर्जना गर्ने काम आफैमा दुर्भाग्यपूर्ण तुरुन्तै साधारण सभा बोलाउन माग राखेका हुन् ।
राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले संस्थालाई संकटबाट निकास दिन आफुहरुले प्रयास गरेको दाबी गरे । पाठकले वर्तमान पुनगर्ठित कार्यसमितिले असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्न नसकेको भन्दै संस्थाले आफ्नो कुरालाई सुन्नुपर्ने बताए । सम्पूर्ण समस्याको समाधान गर्ने उचित माध्यम भनेको विशेष साधारण सभा नै भएको उनको निक्र्यौल थियो ।
त्यस्तै पौडेलले नयाँ निर्देशकहरुले अर्को समाज गठन गर्ने विषयमा बहस गरिरहेको बेला त्यो आफुलाई मान्य नहुने बताए । उनले अहिलेकै संस्थालाई कसरी मजबुत बनाउन सकिन्छ आफुहरु सल्लाह गरिरहेको जानकारी दिए ।
समाजका वर्तमान अध्यक्ष निर्देशक दिनेश डिसीको नेतृत्वमा निर्वाचित कार्यसमिति भित्र रहेका ६ जना पदाधिकारीले असन्तुष्टि जनाउँदै एकसाथ राजीनामा दिएका थिए । जसमध्ये दुई जनाले केही समयपछि नै राजीनामा फिर्ता लिएका थिए । समाजले अन्य खाली रहेको स्थानमा केही दिन अघि नै नयाँ सदस्य पदपूर्ति गरिसकेको छ ।
%d bloggers like this: