Sat. Apr 27th, 2024
काठमाडौं, वैशाख २३ । हाल प्रदर्शन भईरहेको दुई फिल्म ‘नाइ नभन्नु ल २’ र ‘नोभेम्बर रेन’ले होल्डओभरलाई कायमै राखेको भन्दै फिल्म ‘मेरो बेष्ट फ्रेण्ड’ले प्रदर्शनको मितिलाई पछाडि सारेको छ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने तयारी भईरहेको फिल्मले प्रदर्शन मितिलाई जेठ ९ मा पु¥याएको हो ।
निर्देशक प्रसन्न पौडेलले होल्डओभरका कारण आफ्नो फिल्मले हल नपाएपछि रिलिज मितिलाई सार्नु परेको खुलाए । सारिएको मितिमा ‘मिस नेपाल’ र ‘हँसिया’ पनि प्रदर्शन हुँदैछ । ‘मेरो बेष्ट फ्रेण्ड’मा प्रियंका कार्की, रेश मरठ्ठा, दिवस उप्रेतीलगायतले अभिनय गरेका छन् । प्रजिता बज्राचार्य निर्माता रहेको फिल्ममा सुगम पोखरेलको संगीत र विदुर पाण्डेको छायांकन छ ।
%d bloggers like this: