Thu. Apr 18th, 2024
काठमाडौं, वैशाख २४ । नेपाली हाँस्य क्षेत्रका चर्चित जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह) ३४ वर्षदेखि दर्शकलाई हँसाउँदै आएका छन् । अनुहार देख्ने बित्तिकै हाँस्न मनलाग्ने यो जोडीले ‘टुबोर्ग महजात्रा २०७१’ मार्फत आगामी वैशाख २६ देखि जेठ ८ गतेसम्म राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा दर्शकलाई हँसाउने भएका छन् । सात वर्षदेखि हाँस्य प्रसहनमा नदेखिएको यो जोडी विशेष कार्यक्रममार्फत दर्शकमाझ प्रत्यक्ष आउन लागेका हुन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हाँस्यकलाकार श्रेष्ठले सात वर्षको अवधिमा टेलिफिल्मदेखि अन्य व्यवहारिक काममा व्यस्त भएपनि अहिले दर्शकमाझ पुनः आउन पाउँदा खुशी लागेको बताए । मह जात्रा यसअघि लण्डन र अष्ट्रेलियामा प्रदर्शन गरिईसकिएको छ । मदनका जोडी हरिवंशले कार्यक्रममा ‘नेवारबहादुर–बाहुनबहादुर’, ‘मदन फोटो स्टुडियो’, ‘सांगीतिक नाटक’ र ‘मह भजन’ प्रस्तुत गर्ने जानकारी दिए ।
‘मह जात्रा २०७१’मा हाँस्यकलाकार शिवहरि पौड्याल, किरण केसी र राजाराम पौडेलले ‘बोर्डर चेकपोष्ट’ प्रहसन प्रस्तुत गर्नेछन् भने गायिका मल्लिकाका कार्कीले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिलाउनेछिन् । नायक दिलिप रायमाझीले आकर्षक नृत्य र नरेन्द्र कंसाकार, बसुन्धरा भुसाल र मोहितवंश आचार्यले पनि कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन् ।
%d bloggers like this: