Thu. Apr 25th, 2024
मुम्बई । हलिउड फिल्म स्पाइडरम्यानको विषयमा जोकोही दर्शक पनि क्रेजी बन्ने गर्छन । द अमेजिङ स्पाइडरम्यान २ ले पनि रिलिजसँगै आफ्नो सफलताको झण्डा गाडिदिएको छ । फिल्मले भारतीय बजारमा धुम नै मचाएको छ । प्रदर्शनको चार दिनमा फिल्मले २१ दशमलब ७ करोड कमाएको छ । जसकारण भारतीय बजारमा विकेन्डमा सर्वाधिक कमाउने पहिलो हिट हलिउड फिल्म बनेको छ ।
बक्स अफिसको आँकलन जस्तै फिल्मले बक्स अफिसको कैयौं रेकर्ड तोडिदिएको छ । जय हो, टु स्टेट्स र गुण्डे पछि यो फिल्म सबैभन्दा बढी कमाउने फिल्म बनेको छ । फिल्मले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो व्यापार गरिरहेको छ । यो फिल्म अघिल्लो हप्ता अमेरिका र भारतमा रिलिज भएको थियो । फिल्मले अन्तराष्ट्रिय बजारमा ३० दशमलब ७ करोड डलर कमाई गरेको छ, जबकी अष्ट्रेलिया र युरोपियन बजारमा फिल्मले १ दशमलब ३० करोड डलरको बिजनेस गरेको थियो । फिल्म २० दशमलब २५ करोड डलरको लागतमा बनेको हो । फिल्म १ हजार ५ सय २३ पर्दामा एकसाथ प्रदर्शन भईरहेको छ ।
%d bloggers like this: