Sat. Apr 27th, 2024
काठमाडौं, वैशाख २३ । आगामी जेठ ९ गतेबाट रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘हँसिया’को युनिटले केही समय अघि लण्डनमा आयोजित रेडकार्पेट प्रिमियरको अनुभव मंगलबार सञ्चारकर्मीमाझ सुनाएको छ । राजधानीको दरबारमार्गस्थित मधुशालामा आयोजित कार्यक्रममा फिल्मका निर्देशक मिलन चाम्सले लण्डन फिल्मस् एकेडेमीमा पढ्ताका नेपाली फिल्म बनाएर लण्डनमा प्रिमियर गर्ने बुनेको सपना पुरा भएको बताए । ‘त्यहाँ फिल्म हेर्न जाँदा हिन्दी फिल्मका ठूला पोष्टर देख्थें, अनि म पनि कुनै दिन यहाँ नेपाली फिल्म देखाउँछु भन्ने सोच्थें,’निर्देशक चाम्स भन्दैथिए,‘हाम्रो कार्यक्रम एकदम सफल बन्यो, हामी खुशी छौं ।’ उनका अनुसार बेलायतको ६ स्थानमा फिल्मको प्रदर्शन गरिएको थियो ।
प्रिमियरमा सहभागी हुन लण्डन गएका फिल्मका नायक राजेश हमालले फिल्मलाई बेलायतका नेपालीले अत्यन्त रुचाएको बताए । ‘फिल्मको एक्सनलाई उहाँहरुले अत्यन्त रुचाईदिनुभयो,’हमालले भने,‘फिल्म अन्तर्राष्ट्रियस्तरको बनेको प्रतिक्रिया पायौं ।’ हमालले बेलायतको तेस्रो अग्लो पहाड स्नोडन चढ्काको अनुभव पनि सुनाएका थिए । कार्यक्रममा रेडकार्पेट प्रिमियरको भिडियो पनि सार्वजनिक गरिएको थियो ।
चाम्स इन्टरटेनमेन्टको व्यानरमा दुर्गा घलेले निर्माण गरेको फिल्ममा हेमा र हमालका अलावा अनुपविक्रम शाही, विशाल ढुंगाना, विजय कुँवर, करण राई, प्रशंसा शाह, रुवी राणा शाह र प्रियंका कार्कीको अभिनय रहेको छ । रिनाशा वान्तवा राईको नृत्य, कल्याण सिंहको संगीत, राजेशपायल राई र सुवानी मोक्तानको स्वर, निलम आङबुहाङ राईको शब्द, राजकुमार उप्रेतीको द्वन्द्व र रामकुमार केसीको छायांकन फिल्ममा रहेको छ । 
%d bloggers like this: