Thu. Mar 28th, 2024
काठमाडौं, वैशाख २२ । टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा आगामी मे १३ तारिखका दिन हुने लिटिल मिस वर्ल्ड युनिभर्सको फाइनल प्रतिष्पर्धामा सहभागिता जनाउन नेपालबाट दृष्टि दाहाल गएकी छन् । मोरङ उर्लाबारी घर भई हाल डिल्लीबजारस्थित एनआइसी एकेडेमीमा कक्षा आठमा अध्ययनरत १२ वर्षीया दृष्टि गत फागुन ३ गते राजधानीमा इप्लानेटले आयोजना गरेको ‘लिटिल मिस नेपाल’ को विजेता हुन् ।
इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार टर्की जानु अघि दृष्टिलाई कलाकार शिरोमणी दवाडी, सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्य, डाली खनाल, सुरेश के.सी तथा सौन्दर्यविद् ओकाशा मुल्मी लगायतले विविध विषयमा प्रशिक्षण दिएका थिए । टर्कीमा दृष्टिले नेपालको संस्कृति झल्कने एउटा सांस्कृतिक नृत्यसमेत गर्नेछिन् । दृष्टि अभिभावक आमा यशोदा दाहालका साथ टर्की गएकी हुन् । प्रतियोगितामा उनका लागि डिजाइनर बिन्जना गुरुङ्गले पहिरन तयार पारेकी छन् ।
प्रतियोगिताको फाइनल वैशाख २९ गते हुँदैछ । विगत २१ वर्षदेखि टर्कीमा आयोजना हुंदै आएको बालबालिकाको यो अन्तराष्ट्रिय प्रतियोगितामा ४३ राष्ट्रका बालबालिकाले सहभागिता जनाउँदैछन् । प्रतियोगितामा नेपालबाट पहिलोपटक सहभागिता जनाउन लागिएको हो ।
%d bloggers like this: