Fri. Apr 26th, 2024
काठमाडौं, वैशाख २१ ननस्टप क्रिएसन प्रोडक्सनको व्यानरमा निर्मित फिल्म ‘शिशा’ आगामी साउन २३ गतेबाट अल नेपाल रिलिज हुने भएको छ ।
आरबीके शरदको निर्देशन र अजिता सुमार्गी, महेश ढुंगेल, मधुसुदन ढकाल र विराट थापाको लगानी रहेको फिल्ममा जीवनका अलावा शर्मिला मल्ल, शान्ति गिरी, उमा बेबी, रागिनी खड्गी, निर्मल सेञ्चुरी, दिपेश भण्डारी र बीएस राणाको अभिनय रहेको छ भने भारतका चर्चित फुटबलर भाइचुङ भुटिया विशेष भूमिकामा देखिँदैछन् ।
सिक्किम र नेपालमा छायांकन गरिएको फिल्ममा लक्की सिटौला र मनोज सिंहको संगीत, स्वरुपराज आचार्य, लक्की सिटौला, धर्मेन्द्र सेवान, प्रकाश सुनुवार, उदित–दीपा नारायण झाको स्वर, कलम राई र दिनेश अधिकारीको नृत्य, तारा थापा ‘किम्भे’को सम्पादन र कुमार बखती तथा रामकुमार केसीको छायांकन रहेको छ ।
%d bloggers like this: