Thu. Apr 25th, 2024
काठमाडौं, वैशाख २१ । ग्याङस्टारको कथाले भरिएको फिल्म ‘मुखौटा’को गीत सार्वजनिक भएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा फिल्मका कलाकार तथा संगीतकारले एल्बम सार्वजनिक गरे । रिफ इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा रविन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मका निर्देशक अर्पण थापा हुन् । फिल्म आगामी जेठ १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।
एल्बममा कालीप्रसाद बास्कोटा, कल्याण सिंह र सन्नी सुनामको संगीत रहेको छ । जसमा ‘के राजा के रैती’, ‘चाहेर पनि’, ‘बेहाल हुन्छ मन’ र ‘मुखौटा’ बोलको गीत रहेका छन् । गीतमा सनुप पौडेल, पुनम गुरुङ, प्रतिमा सुनाम, इन्दिरा जोशी र रविन श्रेष्ठले स्वर दिएका छन् ।
भुपेन्द्र खड्का र सन्नी सुनामको शब्द रहेको एल्बम प्रस्तुतकर्ता रविन, निर्देशक अर्पण, नायक सौगात मल्ल, दयाहाङ राई, नायिकाद्वय हर्षिका श्रेष्ठ, निशा अधिकारी, कोरियोग्राफर रेनेशा वान्तवा राई, गीतकार खड्का, संगीतकार बास्कोटा, सिंहलगायतले सार्वजनिक गरेका थिए ।
%d bloggers like this: