Fri. Apr 26th, 2024
काठमाडौं, वैशाख २१ । समलिंगीको कथा समेटिएको फिल्म ‘सुनगाभा’ निर्देशन गरेर चर्चामा आएका युवा निर्देशक सुवर्ण थापाले थ्रिलर फिल्म ‘फन्को’ निर्देशन गर्ने भएका छन् । पोखरादेखि काठमाडौंसम्मको यात्रालाई प्रमुख विषय बनाएर निर्माण हुन लागेको फिल्मको शनिवार बिहान राजधानीको चावहिलस्थित गणेश मन्दिरमा शुभसाइत गरियो ।
नरेन्द्र महर्जन, सहदेव गौतम र पदम गुरुङले लगानी गर्ने फिल्ममा सौगात मल्ल, केकी अधिकारी, अनुप बराल, दयाहाङ राई र प्रियंका कार्कीको प्रमुख भूमिका रहनेछ । करिब ४० लाखको लागतमा निर्माण हुन लागेको फिल्मको सुटिङ मंगलबारबाट शुरु हुँदैछ ।
एक महिनामा सुटिङ सकिने योजना रहेको फिल्ममा कविराज गहतराजको नृत्य, चेतन सापकोटाको संगीत, चन्द्र पन्तको द्वन्द्व, राजेन्द्र थापाको गीत र हरि लामाको छायांकन रहनेछ ।
%d bloggers like this: