Fri. Apr 19th, 2024
काठमाडौं, वैशाख २१ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन (सिजेएमसी) ले सन् २०११ देखि आयोजना गर्दै आएको ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’ले यसपटक पनि निरन्तरता पाउने भएको छ । चौथो संस्करणको फेस्टिबलमा यसपटक नेपालको तर्फबाट सञ्चारकर्मी तथा निर्देशक डब्बु क्षेत्रीद्वारा निर्देशित फिल्म ‘राहदानी’ र समन अधिकारीद्वारा निर्देशित ‘हिउँ चितुवा’ सहित अफ्रिकाका ८ फिल्म प्रदर्शन गरिनेछ । फेस्टिवल राजधानीको रसीयन कल्चरल सेन्टरमा जेठ ६ देखि जेठ ८ गतेसम्म हुनेछ ।
कलेजका निर्देशक तथा प्रिन्सिपल डा. मञ्जु मिश्रले अफ्रिका र नेपालबीच सांस्कृतिक आदानप्रदान तथा विकासका लागि सहयोग पुगोस् र दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनोस् भन्ने उद्देश्यले फेस्टिबल आयोजना गर्न लागिएको बताईन् । उनका अनुसार फेस्टिबलमा प्रदर्शन हुने अफ्रिकी फिल्मले अफ्रिकी भू–राजनीति, समाज, जनजीवन, संस्कृति नियाल्न र बुझ्न मद्दत गर्नेछ ।
फेस्टिबलमा सिनेगलको ‘टुकी–बुकी’, युगाण्डाको ‘दि ग्रिन ड्रिम’, घानाको ‘दि गु्रम्स् ब्राइड’, नाइजेरियाको ‘मदर अफ जर्ज’, मोरक्कोको ‘ल इन्फेन्ट इन्डर्मी’, साउथ अफ्रिकाको ‘वीनी मण्डेला’, कंगोको ‘वार वीच’ र ‘ल इन्भी लुष्ट’ छन् ।
%d bloggers like this: