Fri. Mar 29th, 2024
काठमाडौं वैशाख १९ । बलिउड निर्देशक निरज पाण्डेले निर्देशन गर्न लागेको एक एक्सन थ्रिलर फिल्ममा अभिनय गर्नका लागि नायक अक्षयकुमार शुक्रबार राजधानी काठमाडौं आइपुगेका छन् । बलिउडमा खेलाडी कुमारले परिचित अक्षय नाम नखुलाइएको उक्त फिल्मको सुटिङका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ४ बजे ओर्लिएका हुन् । उनी आएको तस्वीर उनका फ्यानले खिचेका थिए ।
फिल्मका लागि नायिका तपसी पन्नु दुई दिन अघि नै नेपाल आइसकेकी छन् । भारतीय पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करण अनुसार फिल्म नेपाल र इस्तानबुलमा सुटिङ गरिनेछ । अक्षयले यसअघि निरजद्वारा निर्देशित फिल्म ‘स्पेसल २६’ मा अभिनय गरेका थिए । जुन फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।
%d bloggers like this: