Thu. Apr 25th, 2024

इजरायलका प्रख्यात फिल्म निर्माता आसी डायनको ६८ वर्षको उमेरमा उनकै निवास तेल अभिभमा निधन भएको छ । इजरायलका सामान्य तथा पूर्व रक्षा मन्त्री मोसे डायनका छोरा आसीले १६ फिल्मको निर्देशनसँगै ५० बढी फिल्ममा नायकको भूमिकामा अभिनय गरेका थिए । उनी लेखक र निर्माता पनि थिए ।
उनले सन् १९६० को अन्त्यतिरबाट ‘हि वल्कड थ्रु द फिल्ड्स’ नामक फिल्मबाट अभिनय करियर शुरु गरेका थिए । उनले हलिउडको जोन हसटनद्वारा निर्मित फिल्म ‘ए वाक विथ लभ एण्ड डेथ’सहित विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय फिल्ममा अभिनय गरेका थिए । उनले १९७० को अन्त्यमा फिल्म लेखन र निर्देशन शुरु गरेका थिए ।् लागुपदार्थको दुव्र्यसनमा फसेका उनले आफ्ना पितासँगको नराम्रो सम्बन्धको बारेमा पनि बोल्ने गर्दथे । उनलाई सन् २००९ मा प्रेमिका माथि आक्रमण गरेको कारण पक्राउ गरिएको थियो । जीवनमा तीन पटक विवाह गरेका उनी ४ सन्तानसँग बस्दै आएका थिए ।

%d bloggers like this: