Tue. Apr 16th, 2024

बलिउडकी सुन्दरी अभिनेत्री जरीन खानलाई फुड पोइजन भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । पञ्जाबी फिल्म ‘जट जेम्स बोण्ड’को प्रमोशनका लागि उत्तरी भारतमा लगातार यात्रा गरिरहेकी उनी त्यही व्यस्त थिईन् । फिल्मको काम सकेर मुम्बई फर्किएकी नायिका परिवारका साथ रेष्टुरेन्टमा खाना खाँदा उनी अस्वस्थ्य बनेकी थिईन् ।अस्वस्थ्य बनेपछि उनलाई तुरुन्त अस्पताल लगिएको थियो ।
‘खाना खाँदै गर्दा एक्कासी वाकवाक गर्न थालेपछि उनलाई अस्पताल लग्यौं,’परिवारका एक सदस्यले भनेका छन्,‘डाक्टरका अनुसार उसको अवस्था अहिले सामान्य बनेको छ ।’ उनलाई मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको छ । परिवारका अनुसार जरीन चाँडै नै फिल्म ‘पार्टनर २’मा देखिँदैछिन् । यी नायिका दक्षिणी भारतकी चर्चित नायिकामध्ये एक हुन् ।

%d bloggers like this: