Fri. Apr 19th, 2024

संबिधानसभाकी सभाषद् तथा ‘पराई’ चलचित्रकी निर्माता कुन्ती शाही आज बिहे बन्धनमा बाँधिने भएकी छन् ।

अघिल्लो संबिधानसभाको समेत सभाषद् रहेकी शाहीले बझाङ्का एक युवकसंग लगन गाँठो कस्न लागेकी हुन् । राप्रपा नेपालबाट समानुपातिक तर्फकी सभाषद् शाही दैलेख क्षेत्र नम्बर १ बाट संबिधानसभामा प्रतिनिधित्व गर्ने सभाषद् हुन् ।

सभाषद् शाहीको बिहे महेन्द्र प्रकृति संरक्षण कोषका परियोजना संयोजक हरिबहादुर सिंहसंग बिहे हुन लागेको हो ।
कानून व्यवसायीसमेत रहेकी शाहीले कानून बिषयमा बि.ए. गरेकी छन् भने सोसोलोजीमा एम.ए. सकेकी छन् ।

शाहीको बिहेमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, बिभिन्न मन्त्रालयका मन्त्रीहरुसहित सभाषद्को उपस्थिती हुने पारिवारिक श्रोतले जनाएको छ ।

सभाषद् शाही लगायतको निर्माण तथा स्वर्गीय शिव रेग्मीले निर्देशन गरेको चलचित्र पराईले राम्रो व्यापार गर्न सफल भएको थियो ।

%d bloggers like this: