Fri. Apr 26th, 2024

सेन्सर वोर्ड ले जाँस पास गर्ने क्रममा चलचित्रको मर्म नै मर्ने गरी कैची चलाउन थालेको भन्दै पत्रकार सम्मलेन गरी चर्चा बटुलेको फिल्म ‘भिमदत्त’ यूनिट ले आज जयनेपाल सिनेमा घरमा ट्रायल शो गरेको छ ।

१६ बर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नु पर्ने गरी ‘पिजी’ प्रमाणपत्र उपलब्ध गराएको सो चलचित्रमा समावेश विभिन्न १२ वटा शब्द तथा दृश्यमाथि कैंची चलाउँदै सेन्सर वोर्डले उक्त प्रमाणपत्र उपलब्ध गराएको थीयो ।

राणा कालमा कृषि क्रान्ती र प्रजातन्त्रको पक्षमा आवाज उठाएर साहदत प्राप्त गरेका भिमदत्त पन्तको जीवन माथि चलचित्र चित्रण गरीएको छ। हिमग्याप टासीद्धरा निर्देशित चलचित्र ‘भिमदत्त’ मा निर्माता नवल खड्का भिमदत्तको भूमिकामा प्रस्तुत भएका छन् भने अभिनेत्री सुमीना घिमिरे भिमदत्तको पत्नी र अभिनेत्री निशा अधिकारी अनुसन्धानकर्ताको भूमिकामा प्रस्तुत भएका छन् ।

भिमदत्तको जन्मथलो डढेलधुरा लगायतका स्थानमा छायाँकन गरिएको चलचित्रमा श्रीराम पुडासैनी, कविता शर्मा, रमेश वुढाथोकी, रवि गिरी लगायतको पनी भूमिका रहेको छ ।

%d bloggers like this: