Thu. Apr 25th, 2024

काठमाडौं, वैशाख १९ । विगत एक वर्षदेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदै आइरहेको हाँस्य टेलिश्रृंखला ‘डिट्ठा सा’ब’ले प्रसारणको ५२ भाग पूरा गरेको छ । टेलिश्रृंखलाका लेखक, निर्देशक तथा शीर्ष अभिनेता किशोर भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर गत बुधबार राजधानीमा एक कार्यक्रम गरि सफलताको खुशीयाली बाडे । बर्थ डे केक काटेर मनाइएको खुशीयालीमा अभिनेता किशोरले ‘डिट्ठा सा’ब’ दर्शकमाझ ल्याई लोकप्रिय बनाउन आफूले निकै मेहनत गरेको बताए ।
‘हाँस्य टेलिश्रृंखलाहरुको भीडमा पृथक पहिचान बनाएर दर्शकको मन जित्नु निकै गाह«ो काम हो । सफलताका साथ ५२ भाग पूरा गर्दा आज मलाई लागेको छ, मैले आफ्नो लक्ष्य भेटेको छु ।’ कार्यक्रममा किशोरले भने । किशोरले ५३ औं भागदेखि टेलीश्रृंखलामा केही नौला खुराक आउने जानकारी दिए । हाँस्य कलाकार दीपकराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा टेलीश्रृंखलामा संलग्न कलाकार तथा प्राविधिक उपस्थित थिए ।

%d bloggers like this: