Fri. Apr 19th, 2024

हाल सर्बाधिक चर्चासंगै सफलता पाईरहेको फिल्म ‘नोभेम्बेर रेन’ का नायक एबम निर्माता आर्यन सिग्देलको बिहे भएको लगभग एक हप्ता मात्र भयो । यतिबेला उनि आफ्नी जीवन संगिनी सपना भण्डारीसंग हनिमुन मनाइरहेको हुन पर्ने हो । तर उनि हनिमुन मनाउनुको सट्टा केहि दिन देखि दक्षिण कोरिया भ्रमणमा छन् ।

उनि लगायत केहि फिल्मकर्मीहरु हाल एक नयाँ फिल्मको कामका लागि कोरियामा रहेका छन् । उनि संगै नायिका अशिस्मा नकर्मी, छाँयाकार रामेश्वोर कार्की, निर्देशक लक्ष्मण रिजाल तथा निर्माण नियन्त्रक केशब घिमिरे पनि कोरियामा छन् । स्रोतका अनुसार आर्यन लगायत फिल्मकर्मीहरु एक फिल्मको छयांकनका लागि कोरियामा छन ।

तर यो कुरा बाहिर खासै चर्चा गरिएको पाइदैन । फिल्मको कथा एबम पात्रहरूका बारे जानकारी नबाहिरियोस् भन्ने हिसाबले सुटुक्क कोरियामा गई छायांकन गर्न थालिएको श्रोतको दावी छ । उनले कोरिया जानु अघि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा फोटो खिचि फेसबुकमा पोस्ट गर्दै ‘कोरियामा अब सिंह घुम्ने छ’ लेखेका थिए । सायद फिल्मको नाम समेत सिंह ‘द लायन’ हुन सक्छ ।

%d bloggers like this: