Sat. Apr 20th, 2024

राजिनामा दिएका दुई निर्देशक आरबिके खत्री (शरद) र महेश प्र.ढुङ्गेललाई निर्देशक समाजको कार्यसमितीमा यथावत् राख्दै अध्यक्ष दिनेश डिसीले अन्य सदस्यको राजिनामा स्विकृत गरी निर्देशक समाजको कार्यसमितीलाई पुर्नगठन गरेका छन् ।

बुधवार बसेको कार्यसमितिको बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा सुमन दाहाल र महासचिवमा निलहरी काफ्लेलाई नियुक्त गर्दै कार्यसमितीलाई पूर्णता दिएको हो । निर्देशक समाजको विधान २०५७ को प्रावधान अनुसार रिक्त सचिव पदमा डा. घनश्याम खतिवडा, कोषाध्यक्षमा योगेश घिमिरे र सह-कोषाध्यक्षमा शेखर खनाल आएका छन् भने सदस्यहरुमा सम्झना उप्रेती रौनियार र अमोल शर्मालाई ल्याईएको छ ।

त्यस्तै बैठकले नयाँ कार्यसमिती आएपछी भएका बिभिन्न कार्यप्रगती विवरण समेत सार्वजनिक गर्दै श्रावण १६ गते समाजको साधारण सभा बोलाउने निर्णय समेत गरेको छ ।

त्यसैगरी समाजको बैठकले सल्लाहाकार समेत रहेका पूर्वअध्यक्ष केपी पाठककले निरन्तर असहयोग गरेको सामाजिक संजाल मार्फत् निर्देशक समाजको बदनाम गरेको र कुनै पनि बैठकमा उपस्थित नभएको भन्दै हटाएको छ । यसअघि समाजका अध्यक्ष डिसीसँग असहमती जनाउँदै राजिनामा दिएका प्रथम उपाध्यक्ष राजु केसी, महासचिव ऋषी लामिछाने, सचिव श्याम भट्टराई, सहकोषाध्यक्ष गोपाल चन्द्र लामिछाने सदस्यहरु राजु गिरी, दुर्गा नेम्वाङ र गोकुल कुमार राईले अध्यक्ष डिसीबाट मनोमानीढंगबाट संस्था अगाडी बढाएको, पोखरामा सम्पन्न फिल्म वर्कशप पूरा गर्न सामान्य प्रक्रिया पनि नपुर्‍याएको, कार्यसमितीले गरेका र प्राथमिकतामा राखेका निर्णयहरूलाई लत्याउँदै कार्यसमितीको म्याण्डेड विपरित व्यक्तिगत रूपमा अगाडी बढ्ने कार्य अध्यक्षबाट भएको लगायतका आरोप लगाएका थिए।

%d bloggers like this: