Fri. Apr 19th, 2024

युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको चलचित्र ‘माया गर ल’ यहि वैशाख १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । मदन घिमिरेको निर्देशनमा रहेको चलचित्र माया गर ल देशभरका ६० वटा हलमा एकैसाथ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्रका निर्देशक घिमिरीले चलचित्र युवा पुस्तालाई लक्षित गरि निर्माण गरिएको बताए । उनले चलचित्रले युवा पुस्तामा देखिने समस्या र प्रेमलाई चलचित्रको माध्यमबाट देखाउन खोजिएको दावी गरे ।

चलचित्र माया गर ल मा सौजन्य सुब्बा, भूपेन चन्द, ऋचासिंह ठकुरी, मुकेश ढकालको अभिनय छ । चलचित्रमा सुरेश अधिकारीको संगीत, शिवम अधिकारीको कथा, विपिन मल्लको सम्पादन, शम्भु सापकोटाको छायांकन छ ।

%d bloggers like this: