मम्बई, १४ बेशाख (एजेन्सी) । बलिउडका स्टार्स केही दिनयता अमेरिकाको फ्लोरिडा शहरस्थित टेम्पामा धुम मच्चाइरहेका छन् । टेम्पामा जारी १५औं इन्डियन इन्टरनेशनल फिल्म अवार्ड ‘आइफ’ मा सहभागी हुनु बलिउडका अधिकांश हस्ती टेम्पा पुगेका छन् । रोचक कुरा त के भने अवार्ड समारोहमा भन्नेवित्तिकै रेड कार्पेटको चर्चा हुनेमा यसपटक आइफामा बलिउड हस्ती ग्रीन कार्पेटमा देखिए । ग्रीन कार्पेटमा केही स्टार आफ्ना परिवारसँग देखिए ।
आइफा अवार्डका लागि अनिल कपूर, गोविन्द पत्नी सुनिताका साथ आफताब शिवदासनी, अनुपम खेर, बिपाशा बसु, श्रीदेवी पति बोनी कपुर बच्चासहित, बोमन ईरानी, डेबिड धवन, दीपिका पादुकोण, दिया मिर्जा, दिव्या दत्त, गौहर खान, गुल्शन ग्रोवर, ऋतिक रोशन, कल्कि कोचलिन, करिना कपुर, माधुरी दीक्षित पति डाक्टर नेनेका साथ, आर माधवन, मलाइका अरोडा खान, मिका, मिल्खा सिंह, महेश भट्टलगायतका हस्ती टेम्पा पुगेका छन् । त्यस्तै, परिणति चोपडा, राजकुमार हिरानी, ऋचा चड्ढा, रितेश देशमुख, सरमन जोशी, शत्रुघ्न सिन्हा, गायक शंकर परिवारसहित, सिद्धार्थ मल्होत्रा, सोनु सुद, श्वरा भास्कर, तुषार कपुर, वाणी कपुर, वीर दास, विवेक ओबेराय र यामी गौतमलगायतका हस्ती पनि यतिखेर टेम्पामै छन् ।
ग्रीन कार्पेटमा फोटो सेशनका दौरान केही स्टार फ्यानसँग मस्ती गरिहेका देखिन्थे । यस दौरान यी स्टार एकअर्काबीच पहिरन स्पर्धा चलेको छ । आइफा आज (आइतबार) साँझ सम्पन्न हुँदैछ ।