Fri. Apr 19th, 2024

काठमाडौँ, चैत्र १९ ।  हिजो राजधानीको मैतिदेबिमा आयोजित एक कार्यक्रमका बिच फिल्म बि एफ एफ “बेस्ट फ्रेन्ड फरएभर” निर्माणको औपचारिक घोषणा गरिएको छ । प्यासन इन्टरटेन्मेन्ट र एलिजा इन्टरनेशनलको संयुक्त प्रस्तुतिमा फिल्म निर्माण गर्न लागिएको हो
नेपालकै सानो उमेरका निर्देशकको रुपमा उदाएका १९ बर्षिय टिनएजर उत्सब थपलियाले बि एफ एफ निर्देशन गर्नेछन। यसअघी बालबालिका सम्बन्धि डकुमेन्ट्री निर्देशन गरि चर्चा कमाएका थपलिया पहिलो पटक ठुलोपर्दाको फिल्म निर्देशन गर्न लागेका हुन् । फिल्मको कथा लेखेन भने अर्का १९ बर्षे टिनएजर लोचन आचार्यको रहेको छ ,उनि उत्सब कै निकै नजिकका मित्र हुन् । एसान अलीले निर्माण गर्ने फिल्ममा कार्यकारी निर्माताका रुपमा रेखा घिमिरेले उनलाई सघाउने छिन् ।
“बेस्ट फ्रेन्ड फरएभर”मा नया पुस्ताहरु बीचको मित्रता अनि सम्बन्धमा आई पर्ने उतार चाडब लाई रोचक ढंगमा देखाउन खोजिएको छ। फिल्ममा २०१४ का मिस्टर क्यापिटल मनिष न्यौपानेले डेब्यु गर्दैछन। ओशन श्रेष्ठ,रिमा शाही,सिम्रन लुइटेल, सृजना पोख्रेल,निशा बुढाथोकी,आरुस गुरुङ,एवन उप्रेती,मनिष न्यौपाने,बिक्की फैजु,राजन पुरी,हिमाल खत्री लगायतको पनि फिल्ममा अभिनय रहनेछ, उनीहरु सबै नयाँ अनुहार हुन् ।

bff cast
bff cast

कान्छा निर्देशक उत्सवले आफुलाई १९ बर्षको फुच्चे केटोले के नै गर्न सक्छ र भन्ने अरुको सोचलाई बदल्न आफुले राम्रो फिल्म बनाएर देखईदिने बताए। साथै उनले आफुले पुराना चलेका कलाकार नलिनुको पछाडी नया कलाकारलाइ स्टार बनाउने उद्देस्य रहेको पनि बताए । दिनेश श्रेष्ठले खिच्ने यो फिल्ममा गोबिन्द राइको कोरियोग्राफी रहनेछ। कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय,प्राबिधिक संघका अध्यक्ष मनोज के.सी, बरिस्ठ निर्त्य निर्देशक गोबिन्द राइ,निर्देशक तथा पत्रकार डब्बु क्षेत्री, लगायत पत्रकारहरुकोको उपस्थिती थियो । उपस्थित सबैले फिल्म राम्रो बनोस अनि सफल होस् भनि शुभकामना दिए ।अबको केही सातामा फिल्मको शुटिंग प्रारम्भ हुनेछ ।

%d bloggers like this: