Tue. Apr 23rd, 2024

काठमाडौं, चैत १९ । नेपाली चलचित्र राहदानीलाई नेपालका २५ स्थान र विभिन्न १५ ओटा बाह्य मुलुकमा ‘मातृभूमिकालागि युवा अभियान नेपाल’ले बिशेष प्रदर्शन (च्यारिटी शो) गर्ने भएको छ । राहदानीको निर्माण सँस्था सिनेमनवल इन्टरप्राईजेज प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद ढकाल र मातृभूमिकालागि युवा अभियान नेपालका अध्यक्ष सुनिल खडका बीच राहदानीको प्रथम चरणको च्यारिटी शोको लागि मँगलबार राजधानीमा एक समारोह बीच सम्झौता भयो ।सो सम्झौता अनुसार बैशाखबाटबाट असार मसान्तसम्म विभिन्न १५ देशमा राहदानीको च्यारिटी गरिेने छ ।
सो सँस्थाले थाईल्याण्ड, मलेशिया, जापान, इजरायल, कतार, हङकङ, सिँगापुर, मकाउ, दक्षिण कोरिया, डेनमार्क, स्पेन, इटाली, अष्ट्रेलिया, बेलायत र सँयुक्त राज्य अमेरिकामा प्रतिदेश एक शोका दरले बिशेष प्रदर्शनी गर्ने भएको छ । यस्तै नेपालको काठमाडौं उपत्यकासहित २५ स्थानमा पनि सोही समयमा प्रति स्थान एक शोका दरले सो सँस्थाले च्यारिटी गर्ने सम्झौता भएको छ ।
३६ भन्दा बढी मुलुकमा साखा भएको मातृभूमिका लागि युवा अभियान नेपालले पहिलो चरणको १५ मुलुकमा राहदानीको सफल प्रदर्शन गरेपछि बाँकी मुलुकमा पनि यसलाई प्रदर्शन गर्ने सो सँस्थाका अध्यक्ष सुनिल खडकाले जानकारी गराए । आफ्नो सँस्थाले गर्दै आएको काम र उठाएको बिषय बस्तु चलचित्र राहदानीमा समेटिएकाले आफुहरुले च्यारिटी शोका लागि यो सिनेमा चयन गरेको पनि खडकाले प्रकाश पारे । एनआरएनको रुपमा बैंककमा बस्दै आएका खडका राहदानीको बिशेष प्रदर्शनी सम्झौता पश्चात मँगलरबार बिहान बैंकक फर्किएका छन् ।
नेपाली चलचित्र निजी क्षेत्रबाट आफ्नो प्रयासमा विभिन्न देशमा च्यारिटी शो गरिएको बेला आफुहरुले चलचित्रको विकाशका लागि सँस्थागत रुपमा यो चलचित्रको च्यारिटी गर्न लागेको पनि अध्यक्ष खडकाले प्रकाश पारे । राहदानीको प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालले यो प्रदर्शनले नेपाली चलचित्रको बिदेशमा व्यबस्थित बजार बन्ने छ भने ।
सञ्चारकर्मी डब्बु क्षत्रीको लेखन÷निर्देशन रहेको यो चलचित्रमा बैदेशिक रोजगारीका क्रममा नेपालीले भोग्नु परेको विभिन्न समस्या समेटिएको छ । जसमा दयाहाङ राई, अशोक रिजाल, रुपा खनाल, सृजना सुब्बा, बिनिता घिमिरे, नविन लम्साल, दिनेश दुलाल, मोनिका दाहाल, फुपु तेन्जिङ शेर्पा, बिकाश जोसी, विधा कार्की, आस्मिता बस्नेत, लक्ष्मण बिक्रम बस्नेत लगायतको अभिनय छ ।
rahdani (2) rahdani (1)

%d bloggers like this: