Sat. Apr 27th, 2024

फिल्म सम्पादनमा कहलिएका सुरेन्द्र पौडेलले डेब्यु निर्देशन गर्ने फिल्म आभासको गित कम्पोज कार्य सुरु भएको छ । कम्पोजर गोपाल रसाइली तथा संगीतकार प्रकाश नेपाली धमाधम गित बनाउनमा ब्यस्त छन्। फिल्ममा प्रकाश नेपालीको एउटा गीतमा संगीत रहनेछ भने अन्य फाइनल हुन अझै बाकी छ ।
ग्लोसी पिक्चर्सको प्रस्तुति रहेने फिल्म, दुर्गिस फिल्मस् र शिबशंकर फिल्म्सको निर्माणमा बन्दैछ। सफल फिल्म सायद, होस्टेल निर्माता सुनिल रावल ,वितरक एबम नायक गोबिन्द शाही एबम दिपक शाहीको फिल्ममा लगानी रहने छ। राजधानीको एक संगीत स्टुडियोमा आभासको संगीतको काम भैरहेको हो। संगीतकार अनि एरेनजर्  संगै निर्माता दोय रावल अनि शाही र निर्देशक पौडेल फिल्मको गित राम्रो बनाउना लागि परेका छन् । संगीतकार नेपाली अनि कम्पोजर रसाइली पनि कसरी संगीत राम्रो बनाउने भन्नेमा निकै मेहनत गर्दै देखिन्छन ।फिल्मको संगीत पक्ष एकदमै राम्रो बनाउने आफुहरुको प्रयास रहने उनीहरुले जानकारी दिए। फिल्म राम्रो बन्नुमा गित संगीत को बिशेष भूमिका रहन्छ , यसैलाई ध्यान दिदै आभास निर्माण पक्ष यसमा निकै लागि परेको देखिन्छ ।

%d bloggers like this: