Fri. Mar 29th, 2024

‘बुढा बुढीको झगडा परालको आगो’ भन्ने उखान नेपालीमा निकै लोकप्रिय छ । तर अहिले यो भनाइमा केही हेरफेर भएको छ । भनिन्छ, हिजोआज ‘सेलिब्रेटीको सम्बन्ध परालको आगो ।’ मतलव सेलिब्रेटीको प्रेम, विवाहजस्ता सम्बन्ध आज छ भोलि छैन । यो कुरा नेपाली सेलिब्रेटीको सन्दर्भमा पनि लागू हुँदै आएको छ ।
प्रशंग, अभिनेत्री तथा मोडल नम्रता श्रेष्ठ र प्रेम घलेको हो । गत वर्ष नम्रताको भ्यालेन्टाइन रमाइलो गरी बितेको थियो तर यसपल्ट भने पक्कै रमाइलो नभएको हुनसक्छ । आम युवा प्रेम दिवशमा रमाइरहेका बेला नम्रता भने ‘जीन्दावाद’ कै सुटिङमा व्यस्त भइन् । कारण नम्रता र प्रेमको प्रैम सम्बन्ध यसपालिको भ्यालेन्टाइनसम्म रहन सकेन ।
सुत्रका अनुसार महिना दिन अघि नै नम्रता र प्रेमको प्रेम सम्बन्धमा तुषारोपात लाग्यो । अहिले उनीबीच राम्रो सम्बन्ध छैन । त्यसैले दुनियाँका युवा प्रेम दिवश मनाइरहेका बेला नम्रता र प्रेमले छुट्टाछुट्टै प्रेम दिवश मनाएको स्रोतको भनाइ छ । कुनै समय सञ्चारकर्मी तथा कलाकार रेमनदास श्रेष्ठसँग नम्रताको प्रेम सम्बन्ध राम्रै झाँगिएको थियो । पछिल्लो दुई वर्षयता उनी प्रेम घलेसँग प्रेममा थिइन् । तर यसैपापालिको भ्यालेन्टाइनबाट नम्रता एक्लिएी छन् । जतिखेर प्रेमसँग सम्बन्ध अगाडि बढाउँदा मिडियाले निकै स्थान दिएकााा थिए । स्रोतका अनुसार नम्रता र प्रेमको प्रेम सम्बन्ध गएको तिहारदेखि नै राम्रो थिएन ।

%d bloggers like this: