Fri. Apr 26th, 2024

काठमाडौं, ३ फागुन । कुनै समयका चर्चित गायक प्रवेशमान शाक्य पुनः श्रोता तथा दर्शकमाझ आएका छन् । करिब नौ वर्षको अन्तरालमा गायक शाक्य गीति एल्बम ‘मैले जानिनँ’ लिएर आएका छन् । एल्बमको शुक्रबार राजधानीमा एक भव्य समारोहबीच मिस नेवाः अलिशा बज्राचार्यले विमोचन गरिन् ।
भ्यालेन्टाइन डेको अवसरमा रिलिज गरिएको एल्बममा १४ वटा गीत छन् । १४ वटा प्रेमका गीत समेटिएकाले १४ फेबु्रअरी अर्थात् प्रेम दिवसका अवसरमा एल्बम रिलिज गरेको गायक शाक्यले बताए ।
विमोचन समारोहमा गायक शाक्यले एल्बमका केही गीत पनि गाए । उनले एल्बमको शीर्ष गीत ‘मैले जानिनँ’लगायतका गीत गाएका थिए । नेप्लीज फेसन होमको आयोजनामा आयोजित विमोचन समारोहमा विभिन्न क्षेत्रमा व्यक्तित्वहरुको उपस्थित थियो ।
तस्बिर ः शिवलाल श्रेष्ठ,   तस्बिर  स्टुडियो, बागबजार प्लाजा ।

prabesh dai 1

3

1

hema

sunita+alisha

%d bloggers like this: