Wed. Apr 24th, 2024

काठमाडौं, २२ माघ । यस वर्षकी मिस नेवाः अलिशा बज्राचार्य सरस्वती पूजाको दिन काभ्रेको तिमालस्थित पञ्चकन्या प्राविमा पुगिन् । उनले त्यहा“ रहेका विद्यार्थीका लागि कम्प्युटर हस्तान्तरण गरिन् । दुर्गम स्कुलमा प्राविधिक शिक्षा प¥याउने उद्देश्यसहित उनी त्यहाँ पुगेकी हुन् ।
अलिशासँगै नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, प्रबन्ध–निर्देशक फुपू तेन्जिङ शेर्पा, सोसियल कनेक्सन नेपालका अध्यक्ष कुमार अधिकारी र लाइन्स क्लब अफ काठमान्डू टेम्पल भ्यालीकी संयोजक नीरा बज्राचार्यले विद्यालयका प्रअ रामप्रसाद पाण्डे, व्यवस्थापन समितिका अध्यक्ष कान्छामान तामाङ र विद्यार्थीलाई एकैसाथ हस्तान्तरण गरेका थिए ।
‘गाउ“ र सहरमा समान रूपले प्रविधि र शैक्षिक सुविधा उपलब्ध भयो भने नेपालको शैक्षिक क्षेत्रमा छिट्टै परिवर्तन आउ“थ्यो होला,’ कम्प्युटर हस्तान्तरणपछि अलिशाले भनिन्, ‘यो हामी सबैको सामाजिक उत्तरदायित्व पनि हो ।’
अलिशाले आफ्नै पहलमा संकलन गरेको कापी, कलम र अन्य स्टेसनरी सामग्रीसमेत १ सय ८० विद्यार्थीलाई हस्तान्तरण गरिन् । कम्प्युटर भने उनलाई सोसियल कनेक्सनका कुमार अधिकारीले उपलब्ध गराएका थिए । ‘म पनि दोलखाको यस्तै दुर्गम गाउ“मा जन्मेको हु“,’ कुमारले भने, ‘गाउ“को स्कुलको कथा–व्यथा बुझेरै यहा“ आएको हु“ ।’ गत वर्ष स्टेसनरी र कपडासहित पुगेका नेप्लिज फेसन होम टोलीले यसपटक पनि सहयोगको हात बढाएको अध्यक्ष हेमा मानन्धरले बताइन् ।

%d bloggers like this: