काठमाडौं, माघ २२ । फिल्म ‘लुट’को आइटम डान्स ‘उध्रेको चोली’ हिट भएपछि नेपाली फिल्ममा आइटमको भेल आएको थियो । आइटमका लागि उध्रेको चोलीमा नाचेकी सुषमा कार्कीलाई अफरको ओइरो पनि लाग्यो । उनका अरू आइटमले कमाल नदेखाएपछि उनी र आइटम दुवै नेपाली फिल्मका कमजोर मसला बने । केही समयअघि रिलिज ‘ढुवानी’मा ‘छलक छलक’ जवानीमा जवानीको रङ देखाएकी थिइन्, अर्चना गेलालले । फिल्मले ‘पानी’ भन्न नपाए पनि उनको आइटमको चर्चा राम्रै चलेको थियो । केही दिनअघि मात्रै अर्चनाले अर्काे फिल्म ‘दमदार’मा आइटम गरेकी छिन् । ‘जिकज्याक जवानीमा’ भनेर मनीषा पोखरेलले गाएको गीतमा उनको कम्मर लच्काएकी हुन् । उक्त फिल्मका निर्देशक कमलकृष्णले चाहेजस्तो आइटम गरेको बताएका छन् । पछिल्लो समय नेपाली फिल्ममा आइटम अनिवार्य छ, आइटम गर्नेको भने अभाव छ । अर्चनाले त्यो अभाव पूरा गर्लिन् त ?
अर्चनाको ‘दमदार’ आइटम
Byadmin
Feb 5, 2014Related Post
निफमा ३५ देशका ९५ चलचित्र
Mar 16, 2023
जेठ १९ गते ‘नीरफूल’को प्रदर्शन
Mar 14, 2023
अनमोल केसीले मागे माफी
Mar 10, 2023