Tue. May 7th, 2024

बैंक लुट्नेले पैसा लैजान बिर्सिएला ? पक्कै पनि नबिर्सनुपर्ने तर, अमेरिकी राज्य फ्लोरिडाका एक जना चोर यस्ता निस्किए, जसले बैंक लुट्ने काम सफलतापूर्वक सम्पन्न गरे, तर लुटेको धन लैजान चाहिँ बिर्सिए ।
फ्लोरिडा प्रहरीका अनुसार टीबी बैंक लुट्नेले यस्तो भुलक्कड काम गरेको हो । ‘गत बुधवार एक व्यक्ति हतियारसहित बैंक प्रवेश गरे र त्यहाँका कर्मचारीलाई धम्काए । डराएर बैंकका कर्मचारीले उनलाई भएभरको पैसा बुझाए,’ प्रहरी अधिकारी माइक चिटउडले भने, ‘त्यो चोर कस्तो भुलक्कड रै’छ भने पैसा लैजानै बिर्सिएछ ।’ लुटेरा फरार रहेको र उनको खोजी भइरहेको उनले जानकारी दिए ।

%d bloggers like this: